काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि ७ दिन म्याद थप भएको छ ।
विहिवार जिल्ला अदालत कास्कीमा रास्वपा सभापति रविलाई म्याद थपको लागि उपस्थिती गराएका थिए ।
जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीका अनुसार पक्राउ परेको दिन (शुक्रबार) देखि नै गणना हुने गरी म्याद थप भएको हो ।
अदालतले दिएको अनुमति अनुसार प्रहरीले अब लामिछानेलाई बुधबार अपराह्नसम्म थुनामा राखेर अनुसन्धान गर्न पाउँछ ।
पोखरास्थित सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि र पूर्व डीआईजी छविलाल जोशीलाई कास्की जिल्ला अदालतमा आज उपस्थित गराइएको थियो।
यस अघि पक्राउ परेकै दिनदेखि लागु हुने गरी अनुसन्धानका लागि ६ दिनको म्याद दिइएको थियो ।
पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामार्फत अपचलन गरेको अभियोगमा उनलाई सहकारी ठगी तथा संगठित अपराधको मुद्दा लगाइएको छ ।
Categorized in राष्ट्रिय