काठमाडौं । भारतको नयाँ दिल्लीबाट काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएको भिस्तारा एयरवेजको जहाजमा बम रहेको हल्ला चलेपछि नेपाली सेनाले सर्च गरिरहेको छ ।
मंगलबार अपराह्न ४ः२७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको उक्त जाहजामा बम रहेको सुचना दिल्लीबाटै नागरिक उड्डयन प्राधिकरणलाई प्राप्त भएपछि नेपाली सेनाको बम डिस्पोजल टोली विमानस्थलमा पुगेर सर्च गरिरहेको हो ।
भिस्ताराको एयरबस ए३२० विमानलाई पार्किङ्गवेबाट अलगै राखेर सुरक्षा जाँच भइरहेको विमानस्थलले जनाएको छ ।
कुनै पनि वायुयानमा बमको हल्ला प्राप्त भएपछि जहाजलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिई बम रहे नरहेको यकिन गर्ने अन्र्तराष्ट्रिय प्रोटोकल छ ।
Categorized in राष्ट्रिय