८ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न म्याद थप 


प्रकाशित: आइतवार, ४ कात्तिक २०८१, १७ः२० बजे
- महानगरखवर

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि ६ दिन म्याद थप भएको छ । 


जिल्ला अदालत कास्कीले आइतवार सभापति लामिछानलेलाई अनुसन्धानको लागि म्याद थप गरेको हो ।  


पोखराको सूर्यदर्शन सहकारी रकम अपचलन प्रकरणमा लामिछाने पक्राउ परेका लामिछानेलाई जिल्ला अदालत कास्कीमा आज पेश गरिएको थियो ।


उनलाई अदालतमा पेश गर्नअघि पोखराको सहिदचोकमा ठूलो संख्यामा कार्यकर्ता जम्मा भएका थिए । 


जिल्ला प्रशासन कार्यालयले सम्भावित स्थिति नियन्त्रण गर्न सहिदचोक आसपासका क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex