१९ आश्विन २०८३, सोमबार
Header

अब नागरिक एपबाटै लाइसेन्स चेक हुने


प्रकाशित: आइतवार, ४ कात्तिक २०८१, १६ः१४ बजे
- महानगरखवर

काठमाडौं । अबदेखि सवारी चालकहरूले ट्राफिक चेकिङको क्रममा नागरिक एपबाटै आफ्नो सवारी लाइसेन्स देखाए पुग्ने भएको छ ।


आइतवार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले एक कार्यक्रम आयोजना गरी सवारी चालकहरूले आफ्नो लाइसेन्स नागरिक एपबाट देखाए पुग्ने घोषणा गरेको हो । 


उक्त कार्यक्रममा गृहमन्त्री रमेश लेखकले ट्राफिक उल्लंङ्घन रेकर्ड सिस्टम (टिभिआरएस) को ई–चलान (डिजिटल चिट) को शुभारम्भ गरेका हुन । 


ट्राफिक प्रहरीले पनि त्यहाँ देखाइने क्युआर कोडलाई नेपाल प्रहरीको एपबाट स्क्यान गरी सवारी लाइसेन्सको जाँच गर्न सक्छन जसले गर्दा सवारी चालकहरूले लाइसेन्स बोक्न अनिवार्य नहुने भएको हो । 


कसैले ट्राफिक उल्लंघन गरेमा चिटसमेत यसैबाट काट्न सक्ने सुविधा रहेको छ । चिट काटिसकेपछि भुक्तानी भएरनभएको विवरण पनि एपमै उल्लेख हुनेछ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex