९ भाद्र २०८३, मंगलबार
Header

रवि अदालतमा उपस्थित, प्रदर्शनकारीहरुमाथि प्रहरीको अश्रुग्यास र पानीको फोहरा


प्रकाशित: आइतवार, ४ कात्तिक २०८१, १६ः०४ बजे
- महानगरखवर

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई म्याद थपको लागि जिल्ला अदालत कास्कीमा उपिस्थत गराएको छ । 


अदालत पुगेका रविले पत्रकारहरूसँग कुराकानी गर्दै आफूलाई अदालतले न्याय दिने विश्वास रहेको बताउँदै देशैभरिबाट केपी शर्मा ओली नेतृत्वको सरकारको विरोधमा उत्रन आह्वान समेत गरेका थिए । 


उनले ओली सरकारले यसरी झुठा मुद्दा लगाएर सबैलाई दुःख दिने बाहेक अरु केही गर्न नसक्ने भने । 


प्रहरीले पोखराको विभिन्न स्थानमा झडप र प्रदर्शन हुन सक्ने भन्दै निषेधित क्षेत्र घोषणापनि रास्वपका कार्यकताहरुले पोखराको सहिद चोकमा रास्वपा कार्यकर्ताहरूले प्रदर्शन गरेका थिए । प्रशासनले सहिद चोक र गैह्रापाटन क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।


रास्वपाका कार्यकर्ताहरूलाई प्रहरीले अश्रुग्यास र पानीको फोहरा हानेर भिडलाई तितरवितर पारेको थियो । प्रशासनले निषेधित क्षेत्रमा पाँच जनाभन्दा बढी भेला हुन नपाउने भनेको छ ।


सभापति लामिछानेलाई सहकारी ठगी र संगठित अपराध कसुरमा प्रहरीले गत शुक्रबार पक्राउ गरी पोखरा लगेको थियो । 


गोर्खा मिडिया प्रालिद्धारा संचालित ग्यालेक्सी टेलिभिजनका संचालक एवं प्रबन्ध निर्देशक रहेका बेला लामिछाने सहितको टोलीले विभिन्न सहकारीबाट ६५ करोड रुपैया गैरकानुनी रुपमा लगेको र उक्त रकमको अधिकांश हिस्सा लामिछानेले खर्च गरेको संसदीय छानविन समितिको निष्कर्ष छ ।
 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex