२९ कार्तिक २०८३, शनिबार
Binod Yojesh Ram

निर्मला पन्तको हत्याबारे सत्य–तथ्य ल्याउन माग गर्दै बजार बन्द


प्रकाशित: मंगलबार, ५ भाद्र २०७५, ११ः२२ बजे
- महानगरखबर

काठमाडौं । आफन्त तथा स्थानीय बासिन्दाले १३ बर्षीय किशोरी निर्मला पन्तको हत्याको सत्य–तथ्य बाहिर ल्याउन माग गर्दै मंगलबार भीमदत्तनगर बजार बन्द गराएका छन ।


कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की बालिका पन्तको हत्या आरोपमा सोही नगरपालिका वडा नं १९ का ४१ बर्षिय दिलिपसिंह बिष्टलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । 


स्थानीयका अनुसार विष्टको मानसिक सन्तुलन ठीक नभएको  र वास्तविक हत्यारालाई प्रहरीले खोजी गर्न नसकको स्थानीयको भनाई छ । 


नागरिक सङ्घर्ष समिति बनाएर स्थानीयवासी लामो समयदेखि आन्दोलनमा छन । उनीहरुले मानसिक सन्तुलन गुमाएका व्यक्तिलाई बलात्कारपछि हत्या गरेको अभियोगमा सार्वजनिक गरेर प्रहरीले घटनाको वास्तविकता लुकाउन खोजेको आरोप लगाएका छन ।


गत साउन १२ गते भीमदत्तनगरपालिका–१८ निम्बुखेडास्थित उखुबारीमा हत्या गरी फालिएको अवस्थामा पन्तको शव भेटिएको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika