२४ आश्विन २०८३, शनिबार
Header

प्रधानमन्त्री उद्धार कोषमा एक अर्ब ७४ करोड ४७ लाख बढी रकम जम्मा


प्रकाशित: विहिवार, ०१ कातिक २०८१, १६ः४० बजे
- महानगरखवर

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड ४७ लाख २७ हजार ६३४ दाखिला प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।


कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार कोषमा दाखिला भएको सो रकम बुधबार असोज ३० गते सम्मको हो । असोज ३० गते कोषमा विद्याधर मल्लिकसहित १० संगठित संस्थाले रकम प्रदान गरेका छन । 


साल्ट ट्रेडिङ कर्पोरेशनले ६१ लाख रुपैयाँ, गैरआवासीय नेपाली संगठनले ५१ लाख रुपैयाँ तथा राष्ट्रिय समाचार समिति तीन लाख २६ हजार ३८ राहत कोषमा दाखिला गरेका छन।


कोषमा रकम जम्मा गर्ने अन्य संस्थाहरुमा नेपाल प्रहरी श्रीमती संघ, नेपाल इन्सुरेन्स कम्पनी, विद्युत उत्पादन कम्पनीलगायत छन ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex