८ बैशाख २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

पशुपति गौशाला धर्मशाला खाली गराउने कार्य रोक्न मन्त्रालयको निर्देशन


प्रकाशित: विहिवार, ०१ कातिक २०८१, १३ः५० बजे
- महानगरखवर

काठमाडौं । पशुपति क्षेत्र विकास कोषलाई पशुपति गौशाला धर्मशाला खाली गराउने कार्य रोक्न मन्त्रालयको निर्देशन दिएको छ ।


बुधवार संस्कृति, पर्यटन तथा नागरिक मन्त्रालयले परिषद बैठकको आव्हान गर्दै हाललाई धर्मशालासम्बन्धमा कुनै काम नगर्न कोषलाई निर्देशन दिएको हो । 


गौशाला धर्मशालासम्बन्धी विवाद अन्त्य गर्ने प्रयासस्वरुप पशुपति क्षेत्र विकास कोषको बैठक आह्वान गरेको छ । परिषदको बैठक कातिक ४ गते आइतवार विहान ९ बजेका लागि मन्त्रालयमा बोलाएको छ ।


‘शान्ति सुरक्षामा समस्या उत्पन्न भएको’ भन्दै कोषलाई गरेको पत्राचारमा पशुपति गौशाला धर्मशाला खाली गराउने काम रोक्न निर्देशन समेत दिएको हो ।  


यस अघि कोषले कोषले धर्मशालालाई कुनै व्यक्ति वा व्यापारिक समूहलाई सञ्चालन गर्न नदिने निर्णय गर्दै गैरनाफामूलक ढङ्गले काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा सञ्चालन गर्ने घोषणा गरेका थिए ।


सोही सम्झौता अनुसार महानगरले कार्य अघि बढाएपछि अहिले विवाद उत्पन्न सुरु भएको छ । 


धर्मशाला सञ्चालन गर्दै आएको मारवाडी सेवा समिति कोषको निर्णयको विरोध गर्दै प्रदर्शनमा उत्रिएका छन । 


अहिले महानगरले सो स्थानमा महानगरपालिकाद्धारा सञ्चालिन पशुपति गौशाला धर्मशाला लेखिएको बोर्ड राखेको छ । 


मन्त्रालयको पत्र हेर्नुहोसः


 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex