काठमाडौं । चीनको शिशपाङ्मा हिमालको सफल आरोहण स्वदेश फर्केका ९ जना विश्वकीर्तिमानी आरोहीहरूलाई भव्य स्वागत गरिएको छ ।
सोमबार नेपाल पर्वतारोहण संघले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनीहरुलाई भव्य रुपमा स्वागत तथा सम्मान गरेको हो ।
संघले विश्वका आठ हजारभन्दा अग्ला १४ वटा शिखरहरू चुम्ने पहिलो नेपाली महिला बनेकी दावा याङ्जुम शेर्पा, आठ हजार मिटरभन्दा अग्ला १४ वटा शिखरहरू चुम्ने पहिलो आरोही बन्न सफल तेजन गुरुङ, विश्वकै सबैभन्दा कान्छो आरोही बन्न सफल भएका १८ वर्षीय निमा रिञ्जी शेर्पालाई स्वागत तथा सम्मान गरिएको थियो ।
त्यसैगरी, ८ हजार मिटरभन्दला अग्ला १४ वटा हिमालहरू ५०औं पटक आरोहण गरेका तथा अक्सिजनबिना ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालहरू छोटो समयमा आरोहण गर्न सफल निर्मल पुर्जा, विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमालहरु सफलतापूर्वक आरोहण गर्न सफल मिङ तेम्बा शेर्पालाई भव्य रुपमा स्वागत गरिएको छ ।
यसैगरी, सोलुखुम्बुको थामेबाट १४ वटा शिखरहरू चुम्ने पहिलो आरोही बन्न सफल पासाङ टेन्डी शेर्पालाई बाजागाजासहित भव्य रुपमा स्वागत गरिएको हो ।
Categorized in राष्ट्रिय