काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ४९ उद्योगलाई डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता रकम बुझाउन सार्वजनिक सूचना निकालेर ताकेता गरेको छ ।
प्राधिकरणले विहिवार एक सार्वजनिक सुचना जारी गरी कात्तिक ८ गतेभित्र उद्योगहरूलाई बक्यौता रकम बुझाउन ताकेकता गरेको हो । विराटननरको बाबा जुट मिल, रघुपति जुट मिल, उदयपुरको उदयपुर सिमेन्ट, इटहरीको रिलायन्स स्पिनिङ मिल्स, धनकुटाको निगाले सिमेन्ट, सुनसरी दुहवीको अरिहन्त मल्टिफाइबर, मारुती सिमेन्टलाई २०७२ माघदेखि २०७५ वैशाखसम्मको महसुलवापतको बक्यौता बुझाउन ताकेता गरेको हो ।
बक्यौता बुझाउन बाँकी रहेका उद्योगमा मिर्चयौको मारुती सिमेन्ट प्रा.लि., वीरगंजको त्रिवेणी सिन्थेटिक, हिमाल आइरन, त्रिवेणी स्पिनिङ, सिमराको जगदम्बा स्टिल, अशोक स्टिल, हुलास स्टिल, हामा आइरन रहेको छन । छन्।
त्यस्तै एभरेस्ट पेपर मिल, कसमस सिमेन्ट फ्याक्ट्री, युनाइटेड सिमेन्ट, शिवम् सिमेन्ट, हेटौंडा सिमेन्ट, जिबी टेक्स्टाइल, नाराया रबर उद्योग, अर्घाखाँची सिमेन्ट, विशाल सिमेन्ट, शुभश्री अग्नि सिमेन्ट, एभरेस्ट रोलिङ उद्योगको पनि प्राधिकरणले सार्वजनिक गरेको सूचीमा छन ।
विनायक स्पात, जगदम्बा सिन्थेटिक, एसआर फुड्स, घराना फुड्स, सिद्धार्थ पेटप्लास्ट, गोयन्का फुड्सलाई बक्यौता बुझाउन भनिएको छ। भलबारी स्वचालित कारखाना, श्याम प्लास्टिक उद्योग, इन्डस्ट्रिज, पञ्चकन्या स्टिल इन्डस्ट्रिज लगायतका छन ।
प्राधिकरणले बक्यौता रकम सहित उद्योगहरुको नाम सार्वजनिक गरेका छन ।
वक्यौता तिर्ने उद्योगहरुको सुचीः

Categorized in सम्पदा/संस्कृति