काठमाडौँ । नेपाल बैँक लिमिटेडले बाढि पीडितको लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष २ करोड सहयोग प्रदान गरेका छन ।
प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बैंकका रु दुुई करोडको चेक हस्तान्तरण भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बैँक सञ्चालक समितिका अध्यक्ष डा.चन्द्रबहादुर अधिकारीसहितका पदाधिकारीले बाढी, पहिरो र डुबानका कारण प्रभावित जनताको राहतमा खर्च गर्न सो चेक हस्तान्तरण गरेका हुन ।
सो अवसरमा प्रधानमन्त्री ओलीले धन्यवाद दिँदै लगानीकर्ता र उद्योगधन्धालाई प्रोत्साहन हुनेगरी कर्जा प्रवाह गर्न र खराब कर्जाप्रति कडाइका साथ काम गर्न आग्रह गरे ।
यसअघि शुक्रबार विभिन्न वित्तीय संस्थाबाट गरी रु तीन करोड ४८ लाखको चेक हस्तान्तरण भएको थियो ।
Categorized in बैंक