१९ आषाढ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

स्थानीय तह उपनिर्वाचनको लागि २५ वटा दल दर्ता (सुचिसहित)


प्रकाशित: आइतवार, २० असोज २०८१, २१ः०० बजे 
- महानगरखबर

काठमाडौं । निर्वाचन आयोगमा आगामी मंसिर १६ गते हुन लागेको स्थानीय तहको उपनिर्वाचनको लागि २५ वटा दलहरुले दर्ता गरेका छन । 


आयोगले आइतवार एक सुचना जारी गरी २६ निवेदन मध्ये २५ वटा दल दर्ता भएको आयोगले जनाएको छ । आयोगले दल दर्ताको लागि असोज १० देखि १६ गतेसम्म दिइएको थियो । 


यसअघि सार्वजनिक निर्वाचन तालिका अनुसार अब मंसिर २ गते बिहान १० देखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ । 


सोही दिन बेलुका ५ देखि ६ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन हुनेछ । 


उल्लिखित सूचीमा रहेका उम्मेदवारको विरोधमा उजुरी दिने अवधि मंसिर ३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ । 


मंसिर १६ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुने आयोगले जनाएको छ । 


दल दर्ता सुचिः 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex