१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

नेपाल दक्षिण एशियामै आँखाको राम्रो उपचार हुने देश 


प्रकाशित: मंगलबार, ५ भाद्र २०७५, ०९ः३१ बजे
- महानगरखबर

काठमाडौँ । नेपाल दक्षिण एशियामै आँखाको राम्रो उपचार हुने देश भएको आँखा स्वास्थ्य नीति ल्याउनु पर्नेमा अधिकारीहरुले जोड दिएका छन् । 


आँखा स्वास्थ्य नीति लाई स्वास्थ्य पर्यटन तथा प्रबद्र्वन गर्न सकिने भएकोले स्वास्थ्य नीति मस्यौदा तयार गरिरहेको स्वास्थय मन्त्रालयले जानकारी दिएको छ । 


ग्रामीण स्वास्थ्य शिक्षा तथा सेवा केन्द्रलाई आँखा उपचारका सामग्री हस्तान्तरण गर्न सोमबार गोकर्णेश्वर नगरपालिकाको दक्षिण ढोकामा आयोजना गरिएको कार्यक्रमका वक्ताले यस विषयमा जोड दिएका थिए । 


कार्यक्रममा सांसद कृष्ण राई, प्रदेशसभा सदस्य रामेश्वर फुयाँल, पूर्वअर्थमन्त्री शङ्करप्रसाद कोइरालाले नेपालको आँखा उपचार पद्धतिले स्वास्थ्य पर्यटन प्रवद्र्धन गर्न सकिने सम्भावना बोकेको विचार व्यक्त गरेको थियो । 


नेपालका लागि जापानी राजदूत मासामिची साइगोले आँखा स्वास्थ्यका लागि जापान सरकारका तर्फबाट रु ९६ लाख बराबरको उपकरण सहयोग गरिएको र भावी दिनमा पनि यस्तो सहयोग जारी रहने जानकारी दिए ।

 
कार्यक्रममा गोकर्णेश्वर नगरपालिका–७ का अध्यक्ष केशव गुरुङ, केन्द्रमा ३२ वर्षसम्म नर्सका रुपमा सेवा गर्नुभएकी जापानी नागरिक मासाको यामानी, नेपाल–जापान मानव विकास संघका रियो सिके, केन्द्रका अध्यक्ष बालप्रसाद शाही तथा सदस्य पासाङदोर्जे शेर्पाले आँखा उपचार र मोतियाबिन्दु शल्यक्रियाको अवस्थाका बारेमा भनाई राखेका थिए । 

 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex