७ मङ्सिर २०८३, आइतबार
Binod Yojesh Ram

एनपीएल अक्सनमा १४२ खेलाडी छनौट


प्रकाशित: विहिवार, १७ असोज २०८१, १०ः२० बजे
- महानगरखबर

काठमाडौं ।  नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल) का लागि १४२ खेलाडी छनोट गरेका छन । 


क्यानका अनुसार कुल ४ सय २६ खेलाडीले आफ्नो नाम दर्ता गराएकामा त्यसबाट एनपीएल तयारी समितिले उक्त संख्यामा छनोट गरेको हो । 


आइतवार एनपिएल अक्सन हुने क्यानले जनाएको छ । नेपाली फ्रेन्चाइज क्रिकेटको सबैभन्दा ठूलो यस प्रतियोगिता आगामी मंसिर १५ देखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । 


यस अघि क्यानले असोज ५ देखि १२ सम्म खेलाडी दर्ताका लागि खुला गरेको थियो । अक्सनका लागि ग्रेड ‘ए’ मा २७, ग्रेड ‘बी’ ३८ र ग्रेड ‘सी’ ७७ खेलाडी रहेका छन ।


प्रतियोगितामा कुल ८ टिमको सहभागिता रहनेछ । सहभागी हुने टिममा सुदूरपश्चिम रोयल्स, काठमान्डु गुर्खाज, चितवन राइनोज, विराटनगर किंग्स, जनकपुर बोल्ट्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र कर्णाली याक्स छन । 


क्यानले यसअघि नै ती टिमका प्रवर्धकको नाम सावर्जनिक गरिसकेको छ । साथै टिमले आफ्नो लोगो र मार्की खेलाडी सार्वजनिक गरिसकेका छन । 


सम्बन्धीत समाचारः  एनपिएल को आठ फ्रेञ्चाइज टिम मूल्य सहित सार्वजनिक

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika