९ भाद्र २०८३, मंगलबार
Header

आज बागमती, कोशी र गण्डकीमा बर्षा हुने, सर्तकता अपनाउन आग्रह


प्रकाशित: विहिवार, १७ असोज २०८१, ०९ः४० बजे
- महानगरखबर

काठमाडौं । आज बागमती, कोशी र गण्डकीमा हल्कादेखि मध्यम बर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 


महाशाखाका अनुसार वाग्मती  र कोशी प्रदेशका एक–दुई स्थानमा आज दिउँसो भारी वर्षाको पनि सम्भावना रहेको छ । 


त्यसैगरी, आज राति नै कोशी, मधेश, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ ।


कोशी र वाग्मतीमा भारी वर्षाको सम्भावनाले गर्दा गेग्रान बहाव, बाढी, पहिरो, भू–क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउनसमेत महाशाखाले आग्रह गरेको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex