काठमाडौं । सिनामंगलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरणको कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ ।
आयोगले प्राधिकरणमा अनियमितता भएको आशंकामा छापा मारी कार्याबाट केही कागजातहरु लागेको छ ।
आयोगमा विभिन्न विमानस्थल निर्माणको परियोजना र नागरिक उड्डयन प्राधिकरणको भवन निर्माणको अनियमिततावारे उजुरी परेको छ । अनियमिततामा संलग्न भएको आशंकामा प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीमाथि अख्तियारले अनुसन्धान गरिरहेको छ ।
संसदको सार्वजनिक लेखा समितिले पनि प्राधिकरणका परियोजनामा भएको अनियमितताको उजुरीमाथि छानबिन गरिरहेको छ ।
Categorized in राष्ट्रिय