१ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

जगत श्री बचतको १६ औं बार्षिक साधारणसभा सम्पन्न


प्रकाशित: शनिवार, १२ असोज २०८१, १८ः१० बजे
- महानगरखवर

काठमाडौं । जगत श्री बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औं बर्षिक सधारणसभा सम्पन्न भएको छ ।


ललितपुरको गोदावरीस्थित फूलवारी पार्टी प्यालेसमा शनिवार विशेष अतिथीहरु बागमति प्रदेशका प्रदेशसभा सदस्य रघुनाथ महर्जन, गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जन र उपप्रमुख मुना अधिकारीको उपस्थितीमा सम्पन्न भएको हो । 

 


सो अवसरमा विभिन्न व्यक्तित्वहरुलाई सम्मान पनि गरिएको थियो । कार्यक्रममा गोदावरी नगरपालिका वडा १२, का वडा अध्यक्ष जगतबहादुर मर्जन, वडा सदस्य वेखाराम महर्जन अतिथी रहेका थिए । 


त्यसैगरी, सहकारीका संस्थापक अध्यक्ष तथा सल्लाहकार ज्ञानभक्त महर्जन, जगतबहादुुर स्मृति गुठीका अध्यक्ष तथा सल्लाहकार गंगाराम महर्जन र सल्लाहकार न्हुच्छेराम महर्जनको उपस्थिती रहेको थियो ।


सहकारीका अध्यक्ष सानु महर्जनको सभापतित्वमा कार्यक्रम संचालन भएको थियो । 

 

 

 


तस्वीरहरुः नवराज कुँवर/महानगरखबर 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex