काठमाडौं । निर्वाचन आयोगले मंसिर १६ गतेबाट हुने स्थानीय तह उपनिर्वाचनको लागि दर्ता गर्न आव्हान गरेको छ ।
आयोग बुधवार एक सुचना जारी उपनिर्वाचनका लागि असोज १० गतेदेखि १६ गतेसम्म दल दर्ताको कार्यक्रम रहेको जनाएको छ । राजनीतिक दल सम्बन्धत्री नियमावली २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा दल दर्ताको निवेदन दिन आयोगले अनुरोध गरेको हो ।
दल दर्ताको लागि निवेदन दिँदा दलको पूरा नाम, संक्षिप्त नाम, स्थापना मिति, आयोगमा दर्ता भएको मिति, केन्द्रीय कार्यालयको ठेगाना, पत्रचार गर्ने ठेगाना, टेलिफोन नम्बर, इमेल, वेबसाइट र सामाजिक सन्जालको खाता उल्लेख गर्नुपर्ने छ ।
त्यसैगरी, दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी र सदस्यको संख्या, दलको वार्षिक लेखापरीक्षण प्रतिवेदन आयोगमा पेश गरेको मिति, दलको केन्द्रीय स्तर र प्रदेश स्तरको कार्यकारिणी समितिको पछिल्लो निर्वाचन भएको मिति समेत जनाउनु पर्ने जारी सुचनामा उल्लेख छ ।
दल दर्ता सम्बन्धी सुचना :

Categorized in स्थानिय