काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यालयमा कार्यकर्ताहरु भेला भएका छन ।
पार्टी सभापति रवि लामिछानेसहितका नेता–कार्यकर्ता अहिले वनस्थलीस्थित रास्वपा केन्द्रीय कार्यालयमा जम्मा भएका हुन ।
गोरखा मिडिया नेटवर्क प्रालिका तत्कालीन सञ्चालक रहेका छविलाल जोशी आइतवार पक्राउ परेपछि बागमती प्रदेश समितिका सभापति अच्युतम लामिछानेले काठमाडौं उपत्यकामा रहेका आफ्ना नेता–कार्यकर्तालाई पार्टी केन्द्रीय कार्यालय वनस्थली आउन निर्देशन दिएको थियो ।
कार्यालमा जम्मा भएका कार्यकर्ताहरुले ‘रवि दाई हाई हाई’ भन्दै नारा लगाएका छन ।
गोरखा मिडिया नेटवर्कको तत्कालीन सञ्चालक समिति सदस्य रहेका लामिछाने र जोशीलाई कारबाही गर्न संसदीय छानबिन समितिले सिफारिस गरेको थियो ।
Categorized in राष्ट्रिय