काठमाडौं । प्रहरीले घरबाट पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई काठमाडौं जिल्ला आदालतले ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
विद्युतीय अपराध कारोबार ऐन विपरीतको कसुर गरेको आरोपमा आइतवार आफ्नै निवास भक्तपुरबाट पक्राउ परेका दुर्गा प्रसाईंलाई प्रहरीले आइतबार नै अदालतमा हाजिर गराएको थियो ।
भोटाहिटीको केन्द्रिय साईवर ब्यूरोमा गएर एक जना महिलाले आफ्नो चरित्र हत्या भएको भन्दै प्रसाईंविरुद्ध उजुरी दिएपछि प्रसाईंमाथि अनुसन्धान अघि बढाउन प्रहरीलाई अदालतले गएको बुधबार अनुमति दिएको थियो ।
अदालतले प्रसाईंसहित बाग्लुङका जीवन पाण्डे र धादिङका प्रकाशचन्द्र दाहाललाई पनि पक्राउ गर्न अदालतले अनुमति दिएको छ ।
Categorized in समाज