८ बैशाख २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

बसन्तपुरमा हल्चोक भैरव, पुलु किशी, मजिपा लाखे र महाकाली नाँच प्रदर्शन


प्रकाशित: शुक्रवार, ४ असोज २०८१, १८ः१४ बजे
- महानगरखबर

काठमाडौं । येँयाः (इन्द्रजात्रा)को अवसरमा विहिवार बसन्तपुरमा हल्चोक भैरव (सवःभकु), पुलु किशी, मजिपा लाखे र महाकाली नाँच प्रस्तुत गरिएको छ ।


सो अवसरमा हनुमानढोका दरवार क्षेत्र संरक्षण कार्यक्रमका संयोजक एंव २४ वडा अध्यक्ष विनोदकुमार राजभण्डारीले हल्चोक आकाश भैरव गुठीका अध्यक्ष सागर पुतुवारलाई  एकलाखको चेक हस्तान्तरण गरेका छन ।

 
अध्यक्ष राजभण्डारीले पुलिकिसी, मिजपा लाखे र महाकाली नाँचलाई पनि एक/एक लाखको चेक हस्तारन्तरण गरेको जानकारी दिए । 


इन्द्रजात्राका अवसरमा प्रदर्शन गरिने देवगणसँग सम्बन्धित तथा जात्रा मनाउनुको किंवदन्तीसँग सम्बन्धित परम्परागत नृत्यलाई काठमाडौँ महानगरपालिकाले यस वर्षदेखि पूजासहित प्रदर्शन परम्पराको थालनी गरेको उनले बताए । 

 


यस अवसरमा गरिएको देवगणहरुको नृत्य प्रदर्शन कार्यक्रममा प्रमुख अतिथि काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन), महानगर प्रवक्ता नविन मानन्धर र मूल समारोह समितिका संयोजक आशामान संगतको उपस्थिती रहेको थियो । 


त्यसैगरी, उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरुलाई आमन्त्रण गरिएको थियो ।  

 


कार्यक्रम यँया ११४४ महानगर विशेष कार्यक्रम सञ्चालन मूल समारोह समितिले आयोजना गरेको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex