१ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

सहकारीको छानविन सम्बन्धी प्रतिवेदन सार्वजनिक, २९ जना फरार सुचि समेत


प्रकाशित: शुक्रवार, ४ असोज २०८१, १६ः१० बजे
- महानगरखबर

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी विशेष छानविन समितिले प्रतिवेदन सार्वजनिक गरेको छ ।


सरकारले गठन गरेको संसदीय छानबिन समितिले प्रतिवेदन बिहीबार प्रतिनिधि सभाको वेबसाइटमा सार्वजनिक गरेको हो ।


एमाले सांसद सूर्य थापा संयोजकत्वको छानबिन समितिले सहकारी संस्थाको रकम कानुन विपरीत गोरखा मिडिया नेटवर्क प्रालिमा लगानी गरेको भन्दै प्रालिका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, सदस्य कुमार रम्तेल, प्रालिका तत्कालीन प्रबन्ध निर्देशक एवम रास्वपा सभापति रवि लामिछाने र सञ्चालक छविराज जोशीलाई कारबाही सिफारिस गरेको छ ।


समितिले सहकारी रकम अपचलन गरी फरार रहेका २९ जनाको नामपनि सार्वजनिक गरेको छ । 


विभिन्न सहकारीमा रही फरार रहेका २९ जनाको नाम सार्वजनिक गरेको हो । 


अनुसूची–७ मा फरार रही समितिमा उपलब्ध हुन नसकेका सहकारीका सञ्चालकहरू उपस्थित गराउन भन्दै सरकारलाई निर्देशन समेत दिइएको थियो ।

 
स्वर्णलक्ष्मी सहकारीका गितेन्द्रबाबु (जिबी) राई, सुमेरू बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक भरत महर्जन, राजमाया महर्जन, सचिन महर्जन, सरला महर्जन, निमित्तराज श्रेष्ठ फरार रहेको प्रतिवेदनमा उल्लेख छ ।


त्यस्तै सूर्यदर्शनका ज्ञानबहादुर बम्जन, थानबहादुर बुढामगर, भूपेन्द्र राई, शिवशिखरका तेजबहादुर बम्जन लगायत २९ जना फरार रहेको समितिले जनाएको छ । 


प्रतिवदेनको पूर्ण पाठः क्लिक गर्नुहोस


फरार सचिहरुको नाम

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex