काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्षको उत्कृष्ट क्याम्पस, विद्यालय, विद्याभूषण, प्रविधि विद्याभूषण तथा छात्रापदक पाउनेको नाम घोषणा गरेको छ ।
बुधवार राष्ट्रिय शिक्षा दिवसका अवसरमा दाङको तुलसीपुर उपमहानगरपालिकास्थित श्री मावि तुलसीपुर सेन्टरले ३ लाख नगदसहित प्रथम पुरस्कार पाएको छ ।
काठमाडौं महानगरपालिका त्रिपुरेश्वरस्थित विश्वनिकेतन माविले दोस्रो दुई लाखसहित दोस्रो पुरस्कार प्राप्त गरेको हो भने दाङकै जनकल्याण मावि शान्तिनगरलाई १ लाख नगद तृतीय पुरस्कार प्रदान गरिएको हो ।
यस वर्ष त्रिभुवन विश्वविद्यालयको सामुदायिकतर्फ ललितपुर, चापागाउँको श्री जनभावना क्याम्पस र निजीतर्फ सोल्टीमोड काठमाडौंको मनमोहन मेमोरियल इन्स्टिच्युट अफ हेल्थ साइसेन्स उत्कृष्ट भएका हुन ।
उक्त क्याम्पसले पनि साढे २ लाख पुरस्कार प्रदान गरिने मन्त्रालयले घोषणा गरेको छ ।
मन्त्रालयका अनुासर निजी विद्यालयतर्फ काठमाडौं टोखाको फलोसेन्ट मावि प्रथम, विजेश्वरी ज्ञान मन्दिर सैनिक विद्यालय काठमाडौं १५ दोस्रो र बुढानीलकण्ठ स्कुल तेस्रो भएको शिक्षा मन्त्रालयले जनाएको छ । उनीहरूले पनि क्रमःश ३, २ र १ लाख नगद पुरस्कार पाउने भएका छन ।
त्यस्तै, विद्यालयतर्फ सामुदायिकतर्फ दाङको श्रीमावि तुल्सीपुर सेन्टर र निजीतर्फ काठमाडौं, टोखाको फलोरेसेन्ट मावि उत्कृष्ट हुँदै राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गरेका छन ।
प्राविधिकतर्फ बनेपाको नेपाल बनेपा बहुप्राविधिक शिक्षालय, दाङको तुल्सीपुर पोलिटेक्निक इन्स्टिच्युट, काठमाडौंको नेपाल आर्मी कलेज अफ हेल्थ साइन्स उत्कृष्ट भएका छन् । प्राविधिक विधातर्फ उत्कृष्ट भएका विद्यालयले १÷१ लाख रुपैयाँ प्राप्त गर्नेछन ।
Categorized in समाज