८ बैशाख २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

बसन्तपुरमा यसरी मनयाइयो येँयाः (इन्द्रजात्रा), हेरौ तस्वीरमा


प्रकाशित: मंगलवार, १ असोज २०८१, २१ः४० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं उपत्यकाको ऐतिहासिक सांस्कृतिक जात्रा येँयाः (इन्द्रजात्रा) भव्य र सभ्य रुपमा मनाइएको छ ।


मंगलवार इन्द्रजात्रा अवलोकन गर्न राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे लगायत विशिष्ट व्यक्तिहरू सहभागी भएका थिए । 

 


काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डंगोलले विशिष्ट व्यक्तिहरुलाई स्वागत गरेकी थिइन । महानगर प्रमुख बालेन्द्र साह (बालेन) भारतमा रहेको कारण उपस्थित भएका थिएनन ।

 
आजको दिन मुख्य रूपमा मनाइने इन्द्रजात्रा पर्वमा राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा नजर गर्ने परम्परा छ । 

 


आज कुमारी रथ क्वने याः (तल्लो टोल) बसन्तपुरबाट सुरु भई मरु, चिकमुुगल, जैशीदेवल, लगन, ब्रम्हटोल, ह्युमत, कोहिटी, भीमसेनस्थान, मरु हुँदै बसन्तपुर ल्याएको छ । 

 

 

 

 

 

 


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex