८ बैशाख २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

गोदावारीस्थित प्याङगाउँमा इन्द्रजात्राको अवसरमा सांस्कृितक महोत्सव


प्रकाशित: मंगलवार, १ असोज २०८१, १५ः१० बजे
- महानगरखबर

काठमाडौं । ललितपुरको गोदावारी नगरपालिका वडा–११ प्याङगाउँमा इन्द्रजात्राको अवसरमा सांस्कृतिक महोत्सव सम्पन्न भएको छ । 


सोमवार बागमति प्रदेशका युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जन र गोदावारी नगरपालिका प्रमुख गजेन्द्र महर्जनको विशेष उपस्थितीमा महोत्सव सम्पन्न भएको हो । 


प्याङगाउँ संस्कृति संरक्षण युवा समाजको आयोजनामा भएको उक्त सांस्कृतिक महोत्सवमा अहिलेका चर्चित गायक रोजमान महर्जन, निशा देशार, कमल खत्री, डान्स अनिता महर्जन, ¥यापर विजेन महर्जन लगायतले प्रस्तुती दिएका थिए । 

 


त्यसैगरी, गायिका सरु गौतम, चर्चित हास्यकलाकार किशोर भण्डारी, रेश्मा तिम्लिसिना, गायक सिताराम घिमिरे, गायिका सविना दाहालले पनि आफ्नो प्रस्तुती दिएका थिए ।

 
कार्यक्रममा संस्थाका अध्यक्ष सम्पूर्ण महर्जन, उपाध्यक्ष पनद महर्जन, सचिव देवकृष्ण महर्जन, कोषाध्यक्ष रोजेश महर्जन, सदस्यहरु ज्ञानेन्द्र महर्जन, प्रभा महर्जन, र रत्नकुमार महर्जनको उउपस्थिती रहेको अध्यक्ष महर्जनले बताए । 

 

कार्यक्रम सुवास महतले सञ्चालन गरेका थिए । 

 

 


तस्वीरहरुः नवराज कुँवर/महानगरखबर 
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex