काठमाडौं । नेपाली कांग्रेस बागमति प्रदेश अध्यक्ष तथा प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले पेरिस पारालाम्कि– २०२४ का कास्य पदक बिजेता पलेशा गोवर्धनलाई सम्मान गरेको छ ।
सोमवार ललितपुरको सातदोबाटोस्थित आयोजित एक विशेष कार्यक्रमको आयोजना गरी कार्यक्रमका प्रमुख अतिथी बनियाँले पलेशालाई एक लाख एघार हजार नगदसहित सम्मान गरेको हो ।
कोचहरु राजचन्द्र श्रेष्ठ र कविराज नेगी लामालाई पनि २५/२५ हजार नगद र प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।

सो अवसरमा उनले नेपाललाई गौतम बुद्ध र सगरमाथलाई चिनाए जस्तो पलेशाले पनि नेपाललाई संसारभर चिनाउन सफल भएको बताए ।
‘नेपाललाई पहिला कल्ले चिनायो भन्दा एभरेष्ट (सभागरमाथा)ले, त्यसपछि गौतम बुद्धले, त्यसैगरी आज संसारमा आज चिनाउन पारालाम्किमा कस्ले चिनयो भन्दा त पलेशा गौतमले ।’ उनले भने ।
उनले पलेशा बागमति प्रदेशको शान, गौरव भएको बताउँदै देशलाई पहिचान दिलाउन आफ्नो पढाईलाइ समेत थाति राखेर अघि बढाएकोमा धन्यवाद दिए ।

कार्यक्रमका विशिष्ट अतिथि बागमति प्रदेशका युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जनले प्रदेश सरकारले पलेशालाई १० लाख नगद पुरस्कार सहित नगर परिक्रममा गराउने घोषणा गरेको जानकारी दिए ।
त्यसैगरी, कोचलाई ३ लाख, संघलाई ३ लाख दिने मन्त्रालयले निर्णय भएको समेत मन्त्री महर्जनले बताए ।
उनले पलेशाले नेपाललाई दिलाएको कास्य पदक खेलकुद क्षेत्रको लागि ठुलो उपलव्धि भएको उल्लेख गरे ।
सो अवसरमा ललितपुर जिल्ला समन्वय समितिका प्रमुख ऋषिदेव फुयाल, बागमति प्रदेश नेपाली कांग्रेसका सहमहमन्त्री ऋषीराम घिमिरे, पूर्व भौतिक मन्त्री कृष्णलाल भडेल, राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक रमेश कुमार बखती, नेपाली कांग्रेस मकवानपुर जिल्ला सदस्य एंव संगठन विभाग प्रमुख शैलेन्द्र राज बानियाँ लागयतको उपस्थिती रहेको थियो ।
कार्यक्रम युवा तथा खेलकुद विभाग प्रमुख राजिवराज पौडेलको सभापतिमा सम्पन्न भएको थियो ।
तस्वीर/भिडियोः नवराज कुँवर/महानगरखबर
Categorized in मनोरन्जन