काठमाडौं । राष्ट्रिय बाण्ज्यि बैंकहरुले असोज महिनाको लागि मुद्दती निक्षेप व्याजदर निर्धारण गरेको छ ।
भदौका लागि वाणिज्य बैंकहरूले मुद्दती निक्षेपमा औसत ६.४७ प्रतिशत ब्याजदर दिइरहेकामा यो महिना ब्याजदर सामान्य घटाएका छन ।
लक्ष्मी सनराइज, प्राइम कमर्सियल, कृषि विकास र नेपाल बैंकको ब्याजदर सामान्य बढेपनि आठ वटा बैंकको ब्याजदर सामान्य घटेको छ ।
सबैभन्दा बढि प्राइम कमर्सियल बैंकले ब्याजदर ७.२५ प्रतिशतसम्म ब्याज दिने भएको हो ।
असोजमा एनएमबी ६.५ प्रतिशत व्याज दिने भएको छ यस अघि भाद्र महिनामा ७.४१ प्रतिशत व्याज दिएको थियो ।
एनआइसी एसियाले ७.१८ प्रतिशत (भाद्रमा ७.४१), सिटिजन्स बैंकले ६.१५ प्रतिशत (भाद्रमा ६.७५), हिमालयन बैंक ७.७, माछापुच्छ्रे बैंक ६.५ , नबिल बैंक ६. ७५ (भाद्रमा ७ प्रतिशत), सिद्धार्थ बैंक ६.५, प्राइम कमर्सियल ७.२५ (भाद्रमा ६.७५ थियो) दिने भएको छ ।
त्यसैगरी, सानिमा बैंक ५.९(भाद्र ६.२) कुमारी बैंक ६.०१ (भाद्र ६.७) प्रभु बैंक६.१ (भाद्र ६), लक्ष्मी सनराइज बैंक ६.५ (भाद्र ५.५), ग्लोबल आइएमई बैंक ६.२५ब्याज निर्धारण गरेको छ ।
स्ट्यान्डर्ड चार्टर्ड बैंक ७, एभरेष्ट बैंक ६ (भाद्र ६.३) नेपाल इन्भेष्टमेन्ट बैंक ६.५ नेपाल बैंक ५.९५ (भाद्र ५.२५), राष्ट्रिय वाणिज्य बैंक ६ (भाद्र ६.०७), नेपाल एसबिआई बैंक ६ (भाद्र ६.३), कृषि विकास बैंक ६. ०७ (भाद्र ६.०५) ब्याज दिने भएको हो ।
Categorized in बैंक