काठमाडौं । महिला तथा बालवालिका वेचविखन विरुद्ध सहकर्मी समूह–नेपाल (एटविन)ले सञ्चारकर्मीसँग संवाद गरेको छ ।
विहिवार काठमाडौंमा आयोजित ‘मानव वेचविखन अन्त्यकोलागि संचारकर्मीसँग संवाद’ विषयाक अन्तरिक्रया सम्पन्न गरेको छ ।
देशभरको महिला तथा वालवालिकाका लागि हकहितको लागि संगठित ४० संस्थाहरु आवद्ध संस्था एटविनले २०७९ र ८० सालमा विभिन्न छापा माध्यम, अनलाईनमा प्रकाशित समाचार, सम्पादकीय तथा लेखहरुको विषयलाई केन्द्र बनाएर संवाद गरेको हो ।

एटविनले नियमित रुपमा सञ्चारकर्मीहरुसँग यस किसिमको संवाद कार्यक्रम सञ्चालन गरिरहेको कार्यकारी निर्देशन वेनुमाया गुरुङले बताइन।
उनले संवाद कार्यक्रमले सञ्चारकर्मीहरुको सल्लाह र सुझाव महत्वपूर्ण हुने र संस्थालाई काम गर्न थप सहज हुने उल्लेख गरे ।

कार्यक्रममा पत्रकार तथा विश्लेषक विजय कुमार पौडेलले वि.स. २०७९ सालमा मिडियामा प्रकाशित भएको समाचारको प्रतिवेदन र सुझावहरु प्रस्तुत गरेका थिए ।
त्यसैगरी, एटविनका कार्यक्रम अधिकृत करुण महर्जनले वि.स. २०८० को मिडियामा आएका समाचारहरुको बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सो अवसरमा संस्थाका उपाध्यक्ष चरिमाया तामांगले मानव वेचविखनको समस्या, चुनौती र अप्ठयाराहरु बारे प्रष्ट पारेका थिए भने संस्थाका वरिष्ठ सल्लाहकार सञ्चारकर्मी टंक पन्तले आफ्ना कार्य अनुभव र सुझावहरु प्रस्तुत गरेका थिए ।
एटविनका महासचिव सुमित्रा अधिकारले कार्यक्रमको उदेश्यबारे प्रकाश पार्दै स्वागत मन्तव्य दिएका थिए ।
Categorized in समाज