२२ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

आज सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड


प्रकाशित: शुक्रवार, २७ भाद्र २०८१, १३ः२५ बजे
- महानगरखवर

काठमाडौं ।  आज शुक्रबार सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाउन सफल भएको छ ।


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ५६ हजार तीन सय रूपैयाँ पुगेको छ । यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला दुई हजार नौ सय रूपैयाँ बढी हो।


यसअघि गत बुधबार हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख ५३ हजार चार रूपैयाँमा कारोबार भएको थियो।


बिहीबारको तुलनामा भने शुक्रबार सुनको भाउ प्रतितोला तीन हजार रूपैयाँ बढेको हो।


यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ६० रूपैयाँ पुगेको महासंघले बताएको छ । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex