८ भाद्र २०८३, सोमबार
Header

प्रतिनिधि सभामा उपसभामुख रानाको राजीनामा माग, कसले के भने ? (भिडियो)


प्रकाशित: सोमवार, २५ भाद्र २०८१, २०ः५० बजे
- महानगरखबर

काठमाडौं । आइतवार प्रतिनिधिसभाको बैठकमा उपसभामुख इन्दिरा राना मगरको सत्ता गठबन्धनले राजीनामा माग गरेका छन । 


उपसभामुख रानाालाई हटाउन सत्ता गठबनधनमा भएको छलफलबारे मंगलबार बिहान समाचार आएका भन्दै स्वतन्त्र पार्टी (रास्वपा) रास्वपा प्रमुख सचेतक सन्तोष परियारल बैठक सुरू हुनेबित्तिकै प्रश्न गरेका थिए ।


उनले भने,‘आज बिहान आएका समाचारहरू हेर्दा लाग्छ( यो राज्य पनि लोकतन्त्रमाथि आक्रमण गर्दैछ। उपसभामुखलाई महाभियोग लगाउने कुरा राजनीतिक पार्टीहरू बसेर सल्लाह गर्ने कुरा कहिल्यै पनि लोकतन्त्रका लागि मान्य हुँदैन ।’


उपसभामुखलाई ुआचरणु को विषयमाथि भन्दा पनि संवैधानिक परिषदमा सत्ता पक्षको बहुमत पुग्दैन भन्ने नाममा हटाउन खोजिएको तर्क गरेका छन ।

 
‘रास्वपा लोकतन्त्रका लागि सधैं लड्नेछ, एउटा मुद्दा गुमाउला,’ उनले भने, ‘जनता सडकमा ओर्लिएर लोकतन्त्रका लागि पार्टीहरूविरूद्ध आन्दोलन गर्ने विश्वास रास्वपालाई छ ।’
उपसभामुख राना मगरले काठमाडौंस्थित अमेरिकी दूतावासलाई पत्र लेख्दै आफूसहित ६ जनालाई भिसा अन्तर्वार्ता समय मिलाइदिन भनेको कुरा सार्वजनिक भएपछि यस अघि पनि प्रश्न उठेको थियो । 

 


सत्तारुढ दल नेकपा एमालेका सांसद गोकुल बास्कोटाले उपप्रमुख रानाले राजीनामा दिएर मार्ग प्रस्तुत गर्नु पर्ने भनाई राखेका थिए । 


मानिस अमेरिका पठाउने सन्दर्भमा उपसभामुखको बारेमा प्रश्न उठ्यो। यहाँ कतिपय साथीहरूले भन्नुभयो– लोकतन्त्रको चिरहरण हुन्छ प्रश्न उठाउन मिल्दैन। तर लोकतन्त्र नै त्यो व्यवस्था हो जसले सबैमाथि प्रश्न उठाउन  पाउँछ,’ उनले भने, ‘मेरो सामन्य सुझाव छ– सदनमा पटक–पटक प्रश्न उठ्यो । ममाथि पनि छानबिन गर्न मैले राजीनामा दिएको थिएँ। यो नैतिकता राजनीतिक मानिसमा हुनुपर्छ ।’


उनले उपसभामुखलाई पदबाट मार्गप्रशस्त गर्न पनि आग्रह गरेका छन्। ‘जब गम्भीर प्रश्न उठ्दछ, प्रणाली र आचरणमा। उहाँहरूले पद छाड्दा भइयो नि१,’ उनले भने। उपसभामुखलाई हटाउने वा नहटाउने विषय सरकारको नभई संसदकै विषय हुने उनले बताए ।


रास्वपाकी सांसद सोबिता गौतमले पनि उपसभामुखबारे खबरहरू आइरहेको प्रसंग उठान गर्दै संख्याको दम्भ नदेखाउन आग्रह गरेकी छन्।


‘आज उपसभामुखको विषय पनि आएका छन्। सत्ता पक्षले हटाउने तयारी गरेको छ भन्ने आइराखेको छ। संख्याको दम्भले लोकतन्त्रको घाँटी निचोरिने प्रयासमा हामी खबरदारी व्यक्त गर्दछौं,’ उनले भनिन । 


प्रमुख प्रतिपक्षी माओवादीका सांसद देवेन्द्र पौडेलले उपसभामुखलाई हटाउने कुरा एउटा अभियानको सुरूवात भएको रूपमा व्याख्या गरे।


‘लोकतन्त्र भनेको समझदारी र विश्वास हो। सहकार्यको संस्कृति हो। प्रतिपक्षमा रहेकासँग पनि सत्तापक्षले सहकार्य गर्ने कुरा संसारभर छ,’ उनले भने, ‘बलियो भनेको दुई तिहाइको सरकारले सामाजिक सेवामा काम गरेर आएकी उपसभामुखलाई हटाउने कुरा राम्रो होइन। यसले लोकतन्त्रलाई सुदृढ पनि गर्दैन।’


प्रश्न उठ्दैमा राजीनामा दिने हो भने दसौं मन्त्रीहरूबारे प्रश्न उठेको र राजीनामा दिन तयार हो भन्दै उनले प्रश्न गरे। उपसभामुखमाथि शक्तिको प्रयोग गर्न खोजिएको उनको आरोप छ।
प्रधानमन्त्री ओलीले सोमबार अपराह्न सत्तारूढ दलहरूको बैठक नै राखेर उपसभामुखमाथि आचरणको प्रश्न उठिरहेकोले हटाउने प्रस्ताव राख्दा गठबन्धन शीर्ष नेताहरूले सहमत जनाएका थिए । 


संविधानको धारा ९१ को उपधारा ६ को (ग) मा उपसभाखुले पद अनुकूल आचरण नगरेको भन्ने प्रस्ताव प्रतिनिधि सभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको दुई तिहाइ बहुमतबाट पारित भएमा उपसभामुख पद रिक्त हुने व्यवस्था छ ।


कांग्रेसका ८८, एमालेका ७८, जनता समाजवादीका ७, जनमतका ६, नाउपाका ४, लोसपाका ४ जना सांसद छन्। सत्ता गठबन्धनका कूल सांसद १८७ जना पुग्छ । यो भनेको दुई तिहाइ बढी हो । प्रतिनिधि सभा २७५ सदस्यीय हो । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex