८ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

आमिरले हलिउड फिल्म ‘फरेस्ट गम्प’ को रिमेक बनाउँदै


प्रकाशित: सोमवार, ४ भाद्र २०७५, १३ः२१ बजे
- रचना

काठमाडौं । बलिउड परफेक्सननिस्ट आमिर खानले हलिउड चर्चित फिल्म प्यारामाउन्टको सन् १९९४ मा बनेका ‘फरेस्ट गम्प’ रिमेक बनाउने भारतीय संचारमाध्यमहरुले जनाएको छ । 

 


एकपछि अर्को सफल चलचित्र बलिउडलाई दिँदै आएको आमिरले यतिखेर सो फिल्मको लागि राईटरको खोजी सकेको र फिल्मको कथा हिन्दीमा लेखिने काम भईरहेको छ ।


अहिले बहुप्रतिक्षित चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’को बाँकी सुटिंगमै व्यवस्त रहेको कारण यो फिल्मको सुरुवात कहिले हुने अहिलेनै भन्न सकिने अवस्था छैन । 


आमिरको प्रोडक्सनमा बनेको हरेक चलचित्र बलिउडमा नयाँ रेकर्ड राख्ने गरेको छ । 


पछिल्लो समय उनको चलचित्र सेक्रेट सुपरस्टार, दंगल, पिके, थ्रि इडियट्सले चाईनामा तल्हका मच्चाएका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex