१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

राष्ट्रिय खेलाडीहरुको स्वास्थ्य परीक्षण निःशुल्क गरिने


प्रकाशित: मंगलवार, २५ भाद्र २०८१, १२ः५० बजे
- महानगरखवर

काठमाडौं । सरकारले राष्ट्रिय टिममा रहेका तथा खेलाडीहरुको स्वास्थ्य परीक्षण निःशुल्क गर्ने भएका छन । 


पारालिम्पिक ओलम्पिकमा कास्य पदक विजेता पलेसा गोवद्र्धनको स्वास्थ्य परीक्षण गरेर परीक्षणको शुरूवात गरिएको छ ।


सो अवसरमा पारालिम्पिकमा ठूलो पदक दिलाएर योगदान दिएकी पलेशा गोवद्र्धनको उपलब्धीका अवसरमा यो खेलाडीहरुका लागि उपहार भएको मन्त्री पौडेलले बताए ।


सहिद गंगालाल राष्ट्रिय हृदयरोग उपचार केन्द्रले निःशुल्क राष्ट्रिय खेलाडीहरुको स्वास्थ्य परीक्षण निःशुल्क गर्ने गरी खेलकुद राष्ट्रिय खेलकुद परिषद राखेप र अस्पतालकाबीच खेलाडीको हरेक वर्ष निःशुल्क मुटु परीक्षणसम्बन्धी सम्झौता भएको हो । 


स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेल गत साउन २७ गते आफ्नो स्वास्थ्य क्षेत्रका योजना तथा प्राथमिकता घोषणाका क्रममा देशका लागि खेल्ने खेलाडीहरुको स्वास्थ्य परीक्षणका लागि मन्त्रालयले आवश्यक व्यवस्था गर्ने घोषणा गरेका थिए । 


हाल केन्द्रकै तर्फबाट निस्शुल्क परीक्षण भए पनि आगामी वर्षबाट थप वार्षिक कार्यक्रम बनाएर कार्यक्रम अघि बढाउने मन्त्रालयले तयारी गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलको निजी सचिवालयले जनाएको छ ।


सम्झौता हरेक वर्ष नवीकरण गर्ने समेत व्यवस्था गरिएको छ ।यस सम्झौतबाट विभिन्न विधाका राष्ट्रिय टिमका ७५७  खेलाडी लाभान्वित हुनेछन । 

 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex