५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

काठमाडौं महानगरमा अब ‘टोकन प्रणाली’ बाट सेवा सुरु 


प्रकाशित: शुक्रवार, २१ भाद्र २०८१, १८ः०० बजे
- महानगरखबर

काठमाडौँ । काठमाडौं महानगरपालिकाले महानगरको जुनसुकै सेवा लिन विद्युतिय टोकन लिनु पर्ने गरी टोकन प्रणाली सेवा सुरु गरेको छ । 


शुक्रवार महानगरले निजामती सेवा दिवसको अवसर पारेर सो सेवा गरेको जनाएको छ । कमलादीस्थित केन्द्रीय कार्यालयको ब्लक ‘क’ (उत्तरतर्फको भवन) को भुइँ तलाबाट एकल सेवा केन्द्रबाट एकद्वार सेवा प्रवाह सुरु गरेको हो । 


शुभारम्भमा वडा नं. ५ बाट विपन्न नागरिक शिफारिस लिन आएका सुरेश प्रजापती र राजस्वका दररेट सम्बन्धी जानकारी लिन वडा नं. ३२ बाट आएका समिर नेपाललाई टोकन प्रदान गर्दै सेवा सुरु गरिएको थियो । 


टोकन प्राप्त गरेको ४५ मिनेटमा सेवा लिएको पनि महानगरले जनाएको छ ।  


सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले सेवाग्राहीलाई टोकन लिने विधि सिकाउँदै सेवाका बारेमा गराएका थिए भने महानगरका प्रवक्ता एवं सूचना प्रविधि समितिका संयोजक नविन मानन्धरले, केन्द्रका पहिलो सेवाग्राहीलाई पुष्पगुच्छा दिएर स्वागत गरेका थिए । 


शुभारम्भपछि अवलोकन गर्दै उपप्रमुख सुनिता डंगोलले समय सापेक्ष प्रविधियुक्त सेवा अहिले अपरिहार्य आवश्यकता भएको उल्लेख गरिन । उनले महानगरपालिकामा सेवा लिन आउने ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति सबैलाई समान सेवा दिनु आफूहरुको कर्तव्य भएको बताइन । 


महानगरले गएको साउनमा गरेको सेवाग्राही सर्वेक्षण अनुसार सर्वेक्षणमा सहभागी ५१७ मध्ये ६६ प्रतिशतले अनलाइन सेवाको अपेक्षा गरेका छन ।  सर्वेक्षणमा सहभागीमध्ये धेरै स्नातक तह वा सोसरहको शैक्षिक उपाधि प्राप्त गरेका सेवाग्राही थिए ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex