काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० फ्रेञ्चाइज क्रिकेट आठ टिम सार्वजनिक गरिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको टी–२० फ्रेञ्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपिएल) टिमका लागि लिलामी प्रक्रिया गरेको हो ।
ती आठ टोली कुल १६ करोड ८८ लाख ९३ हजार २ सय ३१ रूपैयाँमा मुल्य रहेको छ । पोखराका लागि नेपाल टी–२० क्रिकेट प्रालिले टिम पोखरा ३ करोड ५७ लाख रूपैयाँको बोली लगाएको थियो ।
कान्तिपुर पब्लिकेसन प्रालिले टिम काठमाडौं ३ करोड ३३ लाख ३३ हजार ३ सय ३९ रूपैयाँमा खरिद गरेको छ । टिम चितवनलाई चितवन मेडिकल प्रालिले १ करोड ७६ लाख १ हजार रूपैयाँमा लिन सफल भएको छ।
फर्चुना हेल्थकेयर प्रालिले टिम लुम्बिनी १ करोड ८६ लाख ४ रूपैयाँमा स्वामित्व ग्रहण गरेको छ। ड्रिम स्पोट्र्स प्रालिले टिम जनकपुरलाई लिएको छ। जनकपुरका लागि २ करोड ५ लाख रूपैयाँ रकम दिइएको छ।
एमएडी ड्रिम्स स्पोट्र्सले टिम विराटनगर १ करोड ५१ लाख रूपैयाँमा लिएको छ। टिम सुदूरपश्चिमलाई इम्पायर स्पोट्र्सले १ करोड ६८ लाख ८८ हजार ८ सय ८८ रूपैयाँमा खरिद गरेको छ।
सबैभन्दा कम रकम कर्णालीका लागि लागेको थियो। टिम कर्णालीका लागि हिमालयन बिल्डर्सले १ करोड ११ लाख रूपैयाँ तिर्ने भएको छ।
एनपिएल आगामी मंसिर १५ देखि पुस ६ सम्म कीर्तिपुरस्थित त्रिवि मैदानमा हुँदैछ ।
विज्ञप्तीः

Categorized in मनोरन्जन