काठमाडौं । पर्वत जिल्लाका कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशीले आफ्नो तलव भत्ता विभन्न परिवारलाई सहयोग गरेको छ ।
नगरप्रमुख जोशीले राजनीति जनताका लागि गर्ने हो पैसा कमाउनका लागि होइन भन्ने उदाहरण देखाउँदै आफ्नो सबै तलब भत्ता जनतालाई बाँड्न थालेको बताएका छन् । नगरपालिकास्थित जगदम्बा प्राविका २६ जना विद्यार्थीलाई विद्यालय पोशाक प्रदान गरेर आफनो सामाजिक कार्यको शुरुवात गरेको मेयर जोशीले बताए ।
जोशीले आइतबार पनि कुश्मा नगरपालिका–४ मा रहेको नारायण माविका एक छात्रलाई वार्षिकरुपमा चाहिने शैक्षिक सामग्री र पोशाक वितरण गर्नुभयो ।
गत आर्थिक वर्षमा नगरपालिकाबाट प्राप्त भएको सबै रकम उहाँले विभिन्न क्षेत्रमा सबै सहयोग गर्ने यसअघि नै घोषणा गरेका थिए ।
नगरपालिकाका प्रमुखको मासिक रु ३५ हजार तलब प्रदेश सरकारले तोकेको छ ।
Categorized in समाज