३१ श्रावण २०८३, आइतबार
Header

धोवीधारामा तीजसँगै एसईईका विद्यार्थीलाई सम्मान


प्रकाशित: आइतवार, १६ भाद्र २०८१, १४ः०० बजे
- महानगरखवर

काठमाडौं । युवा सरोकार मञ्च धोवीधारा र धोवीधारा टोल सुधार समितिको संयुक्त आयोजनामा हारितालिका तीज कार्यक्रम सम्पन्न गरिएको छ ।


शनिवार काठमाडौं– २८ धोवीधारामा तीज विशेष कार्यक्रमको अवसरमा स्थानीय एसईई उतीर्ण १२ जना विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । 


कार्यक्रममा काठमाडौं–२८ वडा अध्यक्ष भाइराम खड्गीले विद्यार्थीहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए भने काठमाडौं ३० वडा अध्यक्ष तथा प्रमुख अतिथी दलबहादुर कार्कीले दोसल्ला ओढाई सम्मान गरिएको सरोकार मञ्चका अध्यक्ष भारत तण्डुकारले जानकारी दिए । 

 


सो अवसरमा जेष्ठ नागरिकरुलाई पनि दोसल्ला ओढाई सम्मान गरिएको थियो ।


२८ वडा सदस्य विरेन्द्र महर्जनले पनि तीज कार्यक्रमबारे आफ्नो भनाई राखेका थिए । त्यसैगरी धोवीधारा टोल सुधार समितिका अध्यक्ष प्रचण्डमणि प्रधानले पनि बोलेका थिए ।


सरोकार मञ्चका अध्यक्ष तण्डुकारको सभापतित्वमा सञ्चालित कार्यक्रमलाई भने सरोकार मञ्चकी गणेशकुमारी तण्डुकारले होस्ट गरेकी थिइन । 


औपचारिक कार्यक्रम सम्पन्न भएपछि तीजको नाचगान गरि तीज मनाएको अध्यक्ष तण्डुकारले बताए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex