२९ कार्तिक २०८३, शनिबार
Binod Yojesh Ram

मान्छे तर्साउने मोटरसाईकललाई उपत्यकामा प्रतिबन्ध गरिदै


प्रकाशित: सोमवार, ४ भाद्र २०७५, १०ः०१ बजे
- महानगरखबर

काठमाडौं । उपत्यकाका सडकमा कुद्ने कतिपय मोटरसाईकलको आवाजले मान्छै नै तर्सिन थालेपछि ती मोटरसाईकलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले प्रतिबन्धको तयारी गरेको छ । 


महाशाखाका अनुसार ठुलो आवाज निकाल्ने मोटरसाईकलको कारण दुर्घटना बढ्नुका साथै ध्वनी प्रदुषण हुने गरेकाले नियन्त्रण गर्न लागिएको जनाएको छ । 


त्यसैगरी त्यस्ता मोटरसाइकलहरुबाट निस्कने आवाजको कारण कतिपय अपाङ, असशक्त एवं बिरामीहरु तर्सिने गरेका छन भने कतिपय अचानक ढल्ने पनि गरेको देखिएकोले रोक लगाउने तयारी गरेको हो । 


अहिले दैनिक ४० देखि ५० वटा मोटरसाइकल दैनिक कारबाहीमा पर्ने गरेको माशाखाले बताएको छ । ट्राफिक महाशाखाका अनुसार त्यसरी ठूला आवाज निकाल्ने मोटरसाइकलमा डुकाटी, क्रसफायर, बुलेट, बेनेली, आरएक्स लगायत रहेका छन् ।

 
यस्ता बाईकहरु पहाडी क्षेत्र तथा ‘रेसिङ’को लागि प्रयोग हुने गरेको छ । 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika