२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

मिसा खलःद्वारा विभिन्न व्यक्तित्वहरू सम्मानित


प्रकाशित: बुधवार, १२ भाद्र २०८१, १३ः३० बजे
- महानगरखवर

काठमाडौं । नेपालभाषा मिसा खलःको २५ औं स्थापना दिवसको अवसरमा विभिन्न व्यक्तित्वहरू पुस्कार एवं सम्मानपत्रद्वारा सम्मानित भएका छन् ।


नेपालका विख्यात पर्यटन व्यवसायीका साथै संरक्षण विद् कर्ण शाक्यको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा सम्मानित हुनेहरुमा साहित्यकार फणिन्द्र बज्राचार्य, भाषा आयोगका सदस्य सुरेश किरण मानन्धर, स्वर्ण पदक विजेता खेलाडी केदारेश्वरमान स्थापित, संस्थाकी आजिवन सदस्य जलेश्वरी श्रेष्ठ र निवर्तमान अध्यक्ष मंगला कारंजित  रहनुभएको छ । 


यसैगरी कमला लुमिन नेपालभाषा सान्त्वना पुरस्कारका दाता कमला लुमिन कुमारले लेखक भावनी तुलाधरलाई र रमा–कौशल्य स्मृति पुरस्ताका दाता मथुरा साय्मिले सिष्टर बिकुमाया कारंजित श्रेष्ठलाई पुरस्कार हस्तान्तरण गर्नुभएको थियो । 


कार्यक्रममा आफ्नो मन्तव्य राख्दै प्रमुख अतिथि कर्ण शाक्यले नेवाः महिलाहरुमा पनि अथाह शक्ति लुकिराखेको बताउनुहुँदै आफ्नी आमा र जीवन संगिनीबाट प्राप्त प्रेरणाको प्रसंग कोट्याउनुभयो ।

उहाँले आफू ७५ वर्षको भएपछि सबै जिम्मेवारी छोराछोरीलाई सुम्पेर नयाँ चिन्तनमा लागेपनि आवश्यक परेमा काममा फर्कन सक्षम रहेको बताउनुभयो । 


वरिष्ठ साहित्यकार फणीन्द्ररत्न वज्राचार्यले नेपालभाषा मिसा खलः महिलाहरुको  संस्था भएतापनि आफूलाई सम्मान गरेकोमा खुशी प्रकट गर्नुभयो । कार्यक्रममा नेवाः देय् दबूका अध्यक्ष पवित्र वज्राचार्य, श्रद्धाचारी गुरुमां, मिसा खलःका पूर्व अध्यक्ष सुवर्णकेशरी चित्रकार लगायतले पनि आफ्नो मन्तव्य राख्नुभएको थियो । 


मिसा खलःकी अध्यक्ष धर्मशोभा तुलाधरको सभापत्विमा सम्पन्न उक्त कार्यक्रममा मिसा खलःलाई अनवरतरुपमा अगाडि बढाउनको लागि एक कोष स्थापना गर्ने घोषणा गर्दै कार्यक्रममा उपस्थित महानुभावहरुले सहयोग रकम हस्तान्तरण गर्नुभएको थियो ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex