काठमाडौं । नेकपा एकिकृत समाजवादीको पदाधिकारीहरु निर्वाचित भएका छन ।
भाद्र ९ देखि ११ गतेसम्म काठमाडौंमा समाजवादीको प्रथम केन्द्रिय कमिटिको बैठकमा भएको पदाधिकारी चयन निर्वाचनबाट पदाधिकारीहरु निर्वाचित भएका हुन ।
खुला उपाध्यक्षमा गंगालाल तुलाधर (१८९), भानुभक्त जोशी (१५६), प्रकाश ज्वाला (१३९) र जगन्नाथ खतिवडा (१६१) मत ल्याई निर्वाचित भएका छन
महिला उपाध्यक्षमा जयन्ती राईले (१९९) ल्याई उनकी प्रतिस्पर्धी रामकुमारी झाँक्रीलाई पराजित गरिन । झाँक्री ११२ मतमा सीमित भइन । मधेशी उपाध्यक्षमा धर्मनाथप्रसाद साह निर्वाचित भए । उनले १६४ मत ल्याए । उनका प्रतिद्वन्द्वी रामचन्द्र झाले १४४ मत पाए ।
उपमहासचिवमा मेटमणि चौधरी (१५८), राजेन्द्रकुमार राई(१०६), रामकुमार भट्टराई, गरिमा शाहले ( १०७) मत प्राप्त गरी निर्वाचित भएका छन ।
आदिवासी जनजातिबाट सचिवमा बलदेव चौधरी र दलितबाट गणेश विश्वकर्मा निर्वाचित भएका छन । चौधरीले १७५ र विश्वकर्माले १८० मत प्राप्त गरे ।
खुला सचिवमा शेरबहादुर कुँवर (१५३) , सोमप्रसाद पाण्डे (१४१), चन्द्रबहादुर शाही (९१), सावित्रा भुसाल (१०६), श्रीनाथ बराल निर्वाचित भएका ।
वरिष्ठ उपाध्यक्षमा मंगलवारनै राजेन्द्र पाण्डे निर्विरोध भए । यस अघि समाजवादीको दशौं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा माधव नेपाल अध्यक्ष, झलनाथ खनाल सम्मानित नेता र घनश्याम भूसाल महासचिव चयन भइसकेका छन ।
Categorized in राष्ट्रिय