काठमाडौं । प्रधानमनत्री केपी शर्मा ओलीले विद्या चपागाईको हेर्ने कथाको युटुव च्यानलबाट प्रशारित ‘हराएका बर्षहरु’ हेरेपछि बर्षौपछि भेटिएका प्रकाश तामाङलाई भेट्ने इच्छा व्यक्त गरेका छन ।
प्रम ओलीले भने,‘हामी दुःखको आँसुसँग मात्र परिचित छौँ। चाहे सुखका हुन वा दुःखका, भावको आयतन शरीरले थेग्न नसकेपछि आँसु झर्ने रहेछ । हेर्ने कथाको पछिल्लो एपिसोड हराएका वर्षहरू हेरेँ । प्रकाश तामाङ (काले मोक्तान) को परिवारसँग मिलनको दृश्यले आँसु आयो । सोचें ( यस्ता कति प्रकाशहरु वर्षौंदेखि हराएका होलान ) एक पटक प्रकाशलाई भेटेर उहाँको कुरा सुन्न चाहन्छु ।’
उनले च्यानलका प्रस्तोता विद्या चपागाईलाई पनि भेट्ने इच्छा व्यक्त गर्दै हेर्ने कथा टिमलाई धन्यवाद पनि दिएका छन ।
‘विद्या चापागाईं प्रभावशाली ुस्टोरी टेलरु हुनुहुन्छ । हेर्ने कथामा उहाँले प्रस्तुत गरेका अरु कयौं कथाहरू पनि हेरेको छु । विद्या चापागाईंसँग पनि भेटेर यस विषयमा कुरा गर्ने छु । यो मर्मस्पर्शी कथालाई दृश्यमा ल्याइदिएकोमा हेर्ने कथा टिमलाई धन्यवाद ।’ उनले समाजिक सञ्जालमा लेखेका छन ।
दुई दिन युटुव च्यानल हेर्ने कथामा पोष्ट भएयो भिडियो यतिखरेसम्म २३ लाख बढिले हेरिसकेको छ ।
धेरै बर्ष पहिले प्रकाश १० बर्षको हुँदा काठमाडौंको जोरपाटीबाट कसैले उनलाई लगेको र ३५ बर्षपछि भेटिएको छ । भिडियोमा उनले झापा घर भएको बताएको छ ।
यसै कथामा आधारित भएर हराएका बर्षहरुको कथा शिर्षकमा भिडियो तयार पारिएको छ । अहिले उनले आफ्नो परिवार भेटएको छ ।
Categorized in समाज