धुलिखेल । नेपालका संघ उपनाक (दोस्रो ज्येष्ठ भिक्षु) गुणघोष महास्थविरमाथि धुलिखेलमा अज्ञात समूहले सांघातिक आक्रमण गरेको छ ।
धुलिखेलको पूर्वाराम बिहारमा रहनुभएका उहाँमाथि आक्रमण भएपछि बुद्धविहार भृकुटी मण्डपका प्रमुख भिक्षु कोण्डय महास्थविरले एक प्रेस विज्ञप्तिमार्फत यस घटनाको जानकारी दिनुभएको हो ।
प्रेस विज्ञप्तिमा भनिएको छ– ‘बुद्धभूमि नेपालका अत्यन्त सम्मानित नेपालकै दोस्रो ज्येष्ठ भिक्षु ८४ वर्षीय संघउपनायक भिक्षु गुणघोष महास्थविरलाई धुलिखेल पूर्वराम विहारमा अमानवीय तवरले आक्रमण गरी मरणाशन्न अवस्थामा पु¥याइ लुटपाट गरीनु निन्दनीय घटना हो । यसले समस्त बौद्ध जगतलाई स्तब्ध पारेको छ ।’
साथै प्रेस विज्ञप्तिमा श्रद्धेय संघउपनायकको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै दोषी पत्ता लगाइ कडा कारवाही गर्न गृहमन्त्रालयको ध्यानाकर्षण गरिएको छ ।
Categorized in समाज