२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

जिल्ला प्रहरी परिसर, काठमाडौंको नयाँ भवन उद्घाटन


प्रकाशित: सोमवार, १० भाद्र २०८१, १२ः२० बजे
- महानगरखवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार जिल्ला प्रहरी परिसर, काठमाडौंको नयाँ भवन उद्घाटन गरेका छन ।


काठमाडौं– ११ स्थित भद्रकालीमा निर्माण भएको जिल्ला प्रहरी परिसर, काठमाडौंको नयाँ भवन प्रम ओलीले बिहान आयोजित कार्यक्रमका बीच उद्घाटन गरे ।


प्रहरीले भवन निर्माणका लागि भद्रकालीमा खाद्य संस्थानको १५ रोपनी जग्गा पाएपछि त्यसपछि यसमा अत्याधुनिक सुविधा सम्पन्न भवन निर्माण गरिएको हो ।


भवनमा सामाजिक अपराध, लागुऔषध प्रयोग र कारोबार गर्ने, जघन्य अपराध गर्नेलाई छुट्टाछुट्टै राख्न मिल्ने खालको हिरासत सहितको संरचना छ । यो भवनमा टेकुबाट काठमाडौं प्रहरी २६ असारमै सरेको थियो ।


२०७२ सालको विनाशकारी भूकम्पपछि हनुमानढोकाबाट विस्थापित काठमाडौं प्रहरी परिसर टेकुमा सरेको थियो ।


उद्घाटन कार्यक्रममा प्रधानमन्त्रीसहित गृहमन्त्री रमेश लेखक, मुख्य सचिव लीलादेवी गड्तौला, निमित्त प्रधानसेनापति अशोकराज सिग्देल लगायत सहभागी छन । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex