१९ आषाढ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

जथाभावी चियाँ बेचेको भन्दै महानगर प्रहरीले नियन्त्रणमा लिए एक व्यक्ति


प्रकाशित: आइतवार, ९ भाद्र २०८१, १६ः२० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगका नगर प्रहरीले चियाँ बेच्ने व्यक्तिले चियाँका कपहरू जथाभावी फाल्दा फोहोर भएको भन्दै ती व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।


अहिले समाजिक सञ्जालमा भ्यानमा नगर प्रहरीले ती व्यक्तिलाई नियन्त्रणमा लिएको भिडियो आइरहेको छ ।


प्रहरीले गंगालाल अस्पतालअगाडि चिया बेच्न बसेका एक व्यक्तिलाई लछारपछार गरी भ्यानमा हालेको भिडियो समाजिक सञ्जालका युजरहरुले शेयर गरिरहेका छन । 


आइतबार बिहानको समयमा भएको सो घट्नामा चिया बेच्न दुइटा थरमस बोकेर गंगालाल अस्पतालको गेटअगाडि पुगेको ती व्यक्तिलाई महानगर प्रहरीले नियन्त्रणमा लिएको हो । 


महानगर प्रहरीका अनुसार चियाका कपहरू जथाभावी फाल्दा फोहोर बढ्यो भन्ने स्थानीयको गुनासो आएपछि पटक पटक सम्झाए पनि नमानेपछि नियन्त्रणमा लिएको हो ।

 
आइतबार अस्पतालनजिकै पुग्दा सडक अवरोध गरेर चिया बेचिरहेको देखेपछि ती व्यक्तिलाई नियन्त्रणमा लिनुपरेको महानगर प्रहरीको भनाई छ ।  


नियन्त्रण लिने क्रममा ती व्यक्ति दुई प्रहरीमाथि नै जाइलागेको महानगर प्रहरीले दाबी समेत गरेको छ । हाल ती व्यक्तिको परिचय महानगरले खुलाएको छैन । 


महानगरले फुटपाथमा कुनै पनि समानहरु बेचविखन गर्न प्रतिबन्ध लगाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex