२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

तनहुँ बस दुर्घटनामा १४ जनाको मृत्यु 


प्रकाशित: शुक्रवार, ७ भाद्र २०८१, १३ः२० बजे
- महानगरखबर

काठमाडौं । तनहुँको आँबुखैरेनीनजिकै ऐना पहराबाट मस्र्याङ्दी नदीमा यात्रुवहाक बस खस्दा १४ जनाको मृत्यु भएको छ ।


पृथ्वीराजमार्ग अन्तर्गत सडक दुर्घट्नामा अहिलेसम्म १६ जना यात्रुलार्य उद्धार गरिएको छ ।


कास्कीको पोखराबाट काठमाडौंका लागि छुटेको युपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बस मस्र्याङ्दी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।  


प्रहरीका अनुसार आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐना पहराबाट यात्रुुबाहक बस मस्र्याङ्दी नदीमा खसेको थियो । बसमा ४१ जना यात्रुसहित चालक र सहचालक गरी ४३ जना रहेको प्रहरीको भनाइ छ ।


घटनास्थलमा उद्धार कार्यको लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex