१९ आषाढ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

टिकटक खुले पनि यी शर्तहरु पुरा भएमात्र कार्यान्वयनमा आउने


प्रकाशित: शुक्रवार, ७ भाद्र २०८१, १०ः३० बजे
- महानगरखवर

काठमाडौं । विहिवार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको छ ।


सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार नीतिगत रुपमा टिकटक खुल्यो तर कार्यान्वयनमा आउन टिकटकले सरकारको शर्तहरु मान्नुपर्छ । 


सामाजिक सञ्जाल सञ्चालन निर्देशिका २०८०’ को दफा ३ अनुसार मन्त्रालयमा सूचिकरण हुनुपर्छ । त्यसपछि दफा ६ अनुसार प्वाइन्ट अफ कन्ट्रयाक्ट तोक्नुपर्छ ।


सरकारको शर्त अनुसार अब प्रत्येक सामाजिक सञ्जाल टिकटकका प्रतिनिधिहरु नेपालमा सूचिकरण हुन र प्वाइन्ट अफ कन्ट्रयाक तोक्न सहमत छ ।


टिकटकले पर्यटन प्रवर्धनमा सहयोग गर्नुपर्ने, डिजिटल सुरक्षा र साक्षरताका लागि सघाउनुपर्ने र सार्वजनिक शिक्षालाई गुणस्तरीय तथा सूचना प्रविधिमा आधारित बनाउन सहयोग गर्नुपर्ने पनि सरकारको शर्त रहेको छ । 


यसैगरी, टिकटकमा नेपाली वा नेपालका मातृ भाषाहरु फिल्टरिङ तथा मोडरेसनको सुनिश्चितता गर्नुपर्छ । 


सबै समाजिक सञ्जालमा गालीगलौजका साथै सामाजिक दुर्भावना फैलाउने, सामाजिक अपराध फैलाउने भाषा प्रयोग हुन नहुने सरकारको भनाई छ । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex