काठमाडौं । प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुले सोधेको प्रश्नको उत्तर दिने क्रम जारी छ ।
३ बजेपछि सुरु भएको प्रश्नोउत्तरको क्रममा पहिलो प्रश्न नेपाली कांग्रसका सांसद नारायण खड्काले गरेका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुको उत्तर दिने क्रममा प्रधानमन्त्री ओलीले विद्यालय तथा विश्वविद्यालयहरुमा अशान्ति नगर्न सरोकारवाला सबैलाई आग्रह गरेका हुन ।
उनले शिक्षाको सम्बन्धमा शिक्षक, अभिभावक, विद्यार्थी र समाज नै जिम्मेवार हुने भन्दै सबै पक्षले आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्ने बताए । उनले विद्यालय क्षेत्र शान्ति क्षेत्र भएको भन्दै आफैँले अशान्ति गरेर शान्ति खोज्ने ? भन्दै प्रतिवप्रश्न गरे ।
‘शिक्षाको सम्बन्धमा म के भन्छु भने हरेकले शिक्षामा व्यवस्थापनदेखि लिएर, शिक्षक, विद्यार्थी, अभिभावक, समाज हरेक पक्ष जिम्मेवार भएर । ताला अरुले लाउन आउने त होइन । आफैँ ताला लाउने अनि पढाइ भएन भन्ने । शिक्षालय, विद्यालय भनेको शान्ति क्षेत्र हुनुपर्ने । विश्वविद्यालय, महाविद्यालयहरु शान्ति क्षेत्र हुनुपर्ने । ती ठाउँमा अशान्ति आफैँ गराउने अनि फेरि शान्ति भएन भन्ने ? त्यस खालका तरिकाहरु हरेकले छोड्नुपर्छ । र जिम्मेवार ढंगले शिक्षाको उन्नति कसरी हुनसक्छ ? शिक्षाका समस्या सबै मिलेर कसरी गर्न सकिन्छ ? यस कुरामा जिम्मेवारीबोधका साथ सबैले ध्यान दिन जरुरी छ’ उनले भने ।
सरकारले खाद्यन्नमा आत्मनिर्भर बढाउन चैत्य धान प्रवद्र्धन, मसिनो तथा बास्नादार धान, मकैबाली प्रवद्र्धनका साथै प्रधानमन्त्री कृषी आधुनिकरण मार्फत सुपर जोनहरु निर्धारण गर्ने उनले बताए ।
Categorized in राष्ट्रिय