काठमाडौं । निर्वाचन आयोगले सरकारलाई स्थानीय उपनिर्वाचन निर्वाचन मंसिरको तेस्रो साता गर्न सुझाव दिएको छ ।
स्थानीय तह काठमाडौंको हकमा काठमाडौं– १६ वडा, कीर्तिपुर नगरपालिका प्रमुख (मेयर पद) खाली रहेको छ । कीर्तिपुरका मेयर राजकुमार नकर्मीको साउन ११ गते निधन भएको थियो ।
यस अघि काठमाडौं– १६ वडा अध्यक्ष मुकुन्द रिजालको २०८० भाद्र २१ गते निधन भएको थियो ।
त्यसैगरी, कीर्तिपुर नगरपालिका–४ का वडा अध्यक्ष श्यामकुमार अधिकारीको दुर्घट्ना परी घाइते भएको उनको उपचारको क्रममा २०८० साल बैशाख १० गते मृत्यु भएको थियो ।
नुवाकोटको ककनी गाउँपालिका–२, मकवानपुरको हेटौंडा उपमहानगर–१२, उदयपुरको त्रियुगा नगरपालिका–१२, रौटहटको ईशनाथ नगरपालिका–७ र रौतहटकै राजपुर नगरपालिका वडा नम्बर ६ मा पनि वडाध्यक्ष पद रिक्त छ ।
हुम्लाको सर्केगाड गाउँपालिकामा उपाध्यक्ष पदमा उपाध्यक्ष चन्द्रसिंह कार्की भदौ ३ गते दुर्घटनामा परेका थिए । भदौ ४ गते उनको निधन भएको थियो ।
दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष लक्ष्मण गुरूङको २०७९ माघ २७ गते निधन भएको थियो ।
जाजरकोटको बारेकोटस्थित रामिडाँडा केन्द्र गरी गएको भूकम्पमा नलगाडकी उपप्रमुख सरिता सिंहको निधन भएकोले उक्त पद रिक्त रहेको छ ।
दोलखाको गौरीशंकर गाउँपालिकामा उपाध्यक्ष श्यामसुन्दर तामाङको हृदयघातका कारण निधन भएपछि उक्त पदको लािग उपनिर्वाचन हुने छ ।
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका मैना जोशीको ५० वर्षको उमेरमा निधन भएपछि सो पद खाली रहेको छ ।
गोरखा नगरपालिका–५, बर्दियाको ठाकुरबाबा नगरपालिका–४ र कालिकोटको तिलागुफा नगरपालिका–४ मा वडाध्यक्ष पद रिक्त छ ।
आयोगका अनुसार सुनसरीको गढी गाउँपालिका–६, जाजरकोटको कुशे गाउँपालिका–७ र दार्चुलाको दुहुँ गाउँपालिका–५, बझाङको सुर्मा गाउँपालिका–४, डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा वडाध्यक्ष खाली रहेको छ ।
Categorized in स्थानिय