काठमाडौ । कालिमाटी चोकमा रहेको क्रिष्टल ईन्टर प्राईजेज (आईएमई सेन्टर) मा दुई कर्मचारीलाई एसिड देखाएर तीन लाख रुपैयाँ लुटिएको प्रहरीले जनाएको छ ।
्ईन्टरप्राईजेजको काउण्टरमा रहेका कर्मचारी रुबिना कोईराला र अप्सरा थापालाई एसिड भनेर पानीको बोतल देखाएर काउन्टरको पैसा नदिएमा अनुहार विगारिदिने भन्दै नगद लुटपाट गरिएको हो ।
लुटपाट गर्ने व्यक्तिको पहिचान खल्न सकेको छैन । फरार लुटेरको खोजी र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Categorized in राष्ट्रिय