१८ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

सुन प्रतितोला ३ हजारले बढ्दा कतिमा कारोवार हुँदै


प्रकाशित: आइतवार, २ भाद्र २०८१, ११ः१२ बजे
- महानगरखबर

काठमाडौं । आइतवार सुन प्रतितोला ३ हजार बढेपछि फेरि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । 


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ५२ हजार ६ सय रुपैयाँमा कारोवार भईरहेको छ । 


यसअघि साउन ३० गते सुनको भाउमा १ लाख ५० हजार ५ सय रुपैयाँको उच्चतम रेकर्ड बनेको थियो ।


शुक्रवार सुन कारोबार दिन प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँ रहेको थियो । 


चाँदीको भाउ भने तोलामा २० रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलामा १७४० रुपैयाँ रहेको चाँदी आज १७६० रुपैयाँ कायम भएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex