काठमाडौं । प्रतिनिधिसभाबाट पारित भएको सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिनसम्बन्धी (टीआरसी) विधेयक आइतवार राष्ट्रिय सभा बैठकमा पेश गरिने भएको छ ।
संघीय संसद सचिवालयका अनुसार आज दिउँसो १ बजे बैठक बस्ने बैठकमा कानुनमन्त्री अजय चौरसियाले उक्त विधेयकसँगै नेपाल कानुन व्यवसायी परिषद (दोस्रो संसोधन) विधेयक २०८१ पेस गर्ने कार्यसूची समेत रहेको छ ।
प्रतिनिधि सभाले साउन ३० गते उक्त विधेयक पारित गरेको थियो । विधेयक राष्ट्रीयसभाबाट पारित भएपछि फेरि प्रतिनिसभा बैठकमा पेश हुने र सभामुखले प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाउने व्यवस्था छ ।
सभामुखबाट प्रमाणिकारका लागि पठाएको विधेयक राष्ट्रपतिबाट अनुमोदन भएपछि यसले कानुनको रूप लिनेछ ।
Categorized in राष्ट्रिय